मनकारी मेयर : जसले ६८ घर परिवारलाई बाँडे राहत, १० लाख घरभाडा छुट दिए



बागलुङ, २० चैत । यतिवेला देशका नागरिकहरु ‘लकडाउन’ अर्थात घरभित्रै बसेर नोबेल कोरोना भाइरस (कोविड १९) विरुद्ध लडिरहेका छन् । त्यो लडाईको सबै भन्दा कष्टकर रुपमा सामना गरिरहेका छन् दैनिक ज्याला–मजदूरी गरेर पेट पाल्नु पर्ने गरिव मजदुरहरु । ती मजदुर वर्गको यस्तो विषम परिस्थितिलाई मध्यनजर गरी बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रुपमा नगरका गरीब जनतालाई राहत स्वरप खाद्यन्न सामग्री उपलब्ध गराएका छन् । नगर प्रमुख नेपालीले नगरस्तरका अति विपन्न, जो दैनिक मजदुरी गरेर विहान बेलुकाको चुलो चलाउने १ सय ७ घरपरिवार मध्ये मात्रै ब्यक्तिगत रुपमा ६८ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएका छन् ।

मेयर नेपालीले वडा नं. १ का १९ घरपरिवार, वडा नं. २ का १३, वडा नं. ३ का १२, वडा नं. ५ का १०, वडा नं. ६ का १० र वडा नं. ७ का ९ मध्ये ४ घर परिवार गरी ६८ घरपरिवारलाई मेयर नेपाली र श्रीमति छेमा नेपालीले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । नगर प्रमुख नेपालीका अनुसार, बाँकी रहेका वडा नं. ४, ७, ८ र ९ स्थित विकट गाउँका ३९ घरपरिवारलाई घर÷घरमै पुगेर खाद्यन्न उपलब्ध गराइनेछ । प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, दाल १ केजी, चिनी १ केजी, खाने तेल १ पोका, नुन १ केजी, वाईवाई चाउचाउ ५ प्याकेट र तरकारीका लागि स्वायविन प्रति परिवार एक एक पोका उपलव्ध गराइएको नगर प्रमुख दम्पत्तीले हस्तान्तरण गरेका थिए ।

मजदूरहरुलाई ६ महिना म एक्ललै पाल्छु

यसैबीच सञ्चारकर्मीको जिज्ञासामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कुनै पनि मजदूर वर्गलाई खाद्यान्न अभावका कारण भोकै मर्न नदिने प्रतिवद्धता जनाएका छन् ।
उनले भने ‘ब्यापारीहरु संगै छिटै खरिद गरे मैले स्टक राख्छु , नगरपालिकाले पनि गरि खाने बर्गको राहतका लागि बिशेष प्याकेज ल्याउने छ । उस्तै अभाव सिर्जन भए यहाँका मजदूरहरुलाई ६ महिना सम्म म एक्लैले पनि पाल्छु । मेयर दम्पत्तीले आफूहरुले ठूलो संघर्ष गरेर कमाएको सम्पत्ति आफ्ना लागि नभएर यहाँका पछाडि परेका वर्ग समुदायलाई माथि उकास्नका लागि भएको उद्घोष गर्दै आएका छन् । मेयर पत्नी नेपाली भन्छिन्, ‘हाम्रो घरयासी खर्च छोरा बुहारी कै कमाईले पुग्छ । अन्य आय श्रोतले गरीव निमुखाहरुको दुःखमा हेरविचार र शिक्षा स्वास्थ्यमा खर्च गर्दै आएका छौं र आगामी दिनमा पनि गर्ने नै छौं ।’

मेयरद्धारा झण्डै १० लाख घरभाडा छुट
सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई निर्देशन दिइसकेको छ । तर मेयर नेपालीले यस अघि नै आफ्ना घरहरुमा बस्ने ब्यक्ति र ब्यवसायी संस्थालाई एक महिनाको घर भाडा छुटको घोषणा गरि सकेका छन् । उनले वुर्तिबाङ्ख बजार, पोखरा र काठमाडौंमा रहेका घरहरुमा बसेका १४ वटा ब्यापारिक र वित्तीय संस्थाहरुलाई एक महिना बराबरको ९ लाख ६५ हजार घरभाडा छुट दिएका छन् ।

लक डाउनका कारण दैनिक गुजारामा समस्या भइरहेको अवस्थामा नगर प्रमुख नेपालीले खाद्यान्न सहयोग गरेको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । “ढोरपाटन नगरपालिका वडा नं. ६ का खड्क बहादुर पुनले भने ‘लकडाउनले मजदूरी गर्न नपाएपछि दाल भात समेत खान नपाउने भएका छौँ, हामी जस्ता गरीवको चुल्हो बल्न समेत धौधौ छ । यस्तो अवस्थामा मेयरले खानेकुरा दिनुभयो हामी निकै खुशी छौँ” ।

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार