भाग्यमानी जोडी, जो एकैदिन डीएसपी बढुवामा परे



काठमाडौं । आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भए । रातको करिब २ बजे सार्वजनिक भएको बढुवा सिफारिस सुचीको १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरेको नाम डीएसपी बढुवाको लागि सिफारिस भयो । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकको नियुक्ति लिएर संगै कठोर तालिममा होमिएका अनिल र शर्मिला नाताले श्रीमान श्रीमती हुन् ।

अनिल २०६४ पुस ८ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा खुल्लातर्फ प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए भने शर्मिला २०६७ भदौ २४ मा सिधै प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय बनेपाको प्रमुख भइ उत्कृष्ट कार्यसम्पादन गरिसकेका अनिलले महानगरीय अपराध महाशाखामा रहँदा नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका दर्जनौ अपराधीहरुलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका थिए । महानगरीय प्रहरी प्रभाग बलम्बुको प्रमुखको रुपमा उत्कृष्ट कमाण्ड सम्हालेकी शर्मिला अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन भने अनिल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार