कोरोना विरुद्धको खोपमा आशा जाग्दै



काठमडाौं, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९)का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ ।

चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ । यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पु¥याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ ।

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन् । छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ ।

मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ । योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्लूएचओले
दिएको छ । याे खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार