नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएसँगै कोरोना भाइरस जित्नेकाे संख्या १०५



काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमित १०५ जना निको भएर घर फर्कैका छन् । आइतबार राति वीरगञ्जको नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १०५ पुगेको हो । आइतबार डिस्चार्ज हुने १८ जना सबै एकै परिवारको रहेको बताइएको छ । उनहहरु गत बैशाख २१ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर मदन उपाध्यायले भन्नुभयो- ‘आइतबार एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ, उहाँहरुको २ पट नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरेका हौँ ।’ डिस्चार्ज हुनेमा ७ जना महिला रहेका छन् भने ११ जना पुरुस रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार