बागमतीका ६९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ !



ललितपुर | बागमती गाउँपलिकामा काेराेना परिक्षण गरिएका ६९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पालिकाका स्वास्थ्य संयोजक नवराज तिमल्सिनाका अनुसार आज ६९ रिपोर्ट आएको छ । जसमा सबैकाे रिपोर्ट नेगेटिभ छ भने ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । गत बुधबार पालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलाल नेतृत्वको टाेलिले पालिकाकाे वडा नं.३ भट्टेडाँडा र वडा नं. ६ आश्राङमा स्वाव संकलन गरेर बागमती गाउँपालिकाका ७ वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, प्रहरी लगायतकाे पीसीआर टेस्ट गरेकाे थियो । बागमती गाउँपलिकामा ७८ जनाको पिसिआर विधिबाट र १४२ जनाको र्यापिड टेष्ट विधिबाट परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार