प्रेमिकाले मेरो पेटमा बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछि प्रेमिकाको आग्रहमा पुगेका थिए नवराज !



रुकुम । कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण ज्यान गुमाउनु परेको छ । उनलाई जन्ती बनेर साथ दिन गएका अन्य दुई साथीको पनि ज्यान गएको छ । परिवारकै एक्ला छोरा नवराजको निधनले उनको परिवार विछिप्त बनेको छ । वेहुली लिन गएको छोरा नदिको वगरमा मृत फेला परेपछि भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको (नवराजकी आमा) वेहोस जस्तै भएकी छन् । छोरालाई साथ दिन गएका नवराजका दुई साथीको पनि त्यस्तै अवस्था भएको छ । यो घटनाले अहिले रुकुम शोकमा डुवेको छ । श्रीमान मोहनलाल अस्वस्थ्य भएका कारण उनी आफ्नो दैनिकी काम पनि गर्न सक्दैनन् । एक्लै ४ सन्तान हुर्काएकी उर्मिलाको अहिले संसार उजाडीएको छ ।

जेठी छोरीको विवाह भइसकेको छ । तीन सन्तानको भविष्यको निन्तामा थिइन् । छोरा नवराज मात्र हुन् । उनै जवान छोरालाई चुडेर लगेपछि उनको संसार उजाडिएको हो । समाजमा अग्रणी भूमिका खेल्ने उनका छोराको राम्रै इज्जत थियो । उनले नवराजको प्रेमिका घरमा आउँदा सुरुमा त कोही साथी होला भनेर वास्ता गरेकी थिइनन् । तर पछि प्रेमीका भन्ने थाहा पाएपछि भने उर्मिलाले पनि सम्झाएको बताएकी छन् । समाजले हेर्ने दृष्टिकोणका कारण पछि आफ्नो छोरालाई समस्या होला भन्ने ठानेर किशोरीलाई पनि यो सम्बन्ध अगाडी नबढाउ भनेर सम्झाएको उनी बताउँछिन् । तर घटनाले यस्तो मोड लिन्छ भन्ने कुरा भने आफुले नसोचेको उनी बताउँछिन् । सानो जातले ठूलो जातलाई मन पराउनु हुँदैन भने कानुन लगाएर जेल हालेको भए पनि हुन्थ्यो । मारिदिए बाबु कसलाई गुहार माग्न जानु ? सरकारले हाम्रो पीडा सुन्दो रहेनछ ।,” उर्मिला निरूपाय हुँदै पीडा पोख्छिन् । आफु त्यो दिन घरमा भएको भए छोरालाई त्यसरी जान नदिने उनको भनाई छ ।

तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेनन् । म शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । उनले यस अघि पनि सोही युवतीका कारण नवराजलाई स्थानियले प्रहरीकहाँ बुझाएको बताउँछिन् । पहिला गयो र प्रहरीलाई बुझाए फेरि त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भनेछ र साथीहरु लगेर गएछ । उनले केही दिन अघि नजराज र युवतीबीच भएको फोनको कुराकानी पनि सुनेको बताउँछिन् । युवतीले आफ्नो पेटमा बच्चा भएको र आफ्नो अन्तै विवाह गरिदिन लागेको नजराजलाई सुनाएकी थिइन् ।

मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिइन् । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ । अरु मलाई केही चाहिँदैन भन्दै थियो,ु उनले भनिन् । एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्बन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्यानै हाली दिए,ु बाबु मुनलालले भने ।

प्रेमिकाले बोलाएपछी यसरि पुगे नवराज !

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कु’टपि’ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उहाँले “जति पि’टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा’रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु’टपि’ट शुरु भएको घाइते युवा आशिष विकले बताए । कु’टपि’ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पु¥याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

मृतक युवाका बुवाले भन्नुभयो, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफँै उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफँै छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भन्नुभयो ।

घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्साे भएकाले मारिने डर भएपछि नदीमा हा’मफालेका थियौँ । आफूहरुले नदीमा हा’मफाले पनि ढु’ङ्गामु’ढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।” घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताउनुभयो । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताउनुभयो । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गर्नुभएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।”

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ । एक्लो सहारा गुमाएर विह्वल बनेकी उर्मिलाको न्याय पाउने आश मरिसकेको छ । गरिबीसंग लडिरहेकी उर्मिलालाई सहनै नसक्ने पुत्रशोक परेको छ । “दलित भनेर सबैले हेलाहाँसो गर्दा रहेछन् । ठूलो जातको चेलबेटीमा आँखा लगाएपछि यस्तै हो भनेर अरूले पनि खासै वास्ता गरेका छैनन्, उनले आफ्नो वेदना पोखिन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार