सुनको भाउ अहिलेसम्मकै महंगो, अझै बढ्न सक्ने



काठमाडाैं, १० असार । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुन तोलामा ४ सय रूपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार