ललितपुरमा १ सहित काठमाडौं उपत्यकामा ९ जनामा काेराेना संक्रमण !



काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार