अब जापान र काेरियाबाट पठाएको पैसा सिधै खल्तीमा हाल्न सकिने !



काठमाडौं । खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जी मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सीधै रेमिट्यान्स भित्र्याउन सुरु गरेको हो । खल्तीले यी दुई मुलुकबाट मेवाइल खातामा सीधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय–पत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ ।

जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर नेपालमा अफन्तको खल्ती मेवाइल खातामा सीधै रकम पठाउन सक्ने भएका छन् । त्यस्तै, कोरियाबाट भने रकम पठाउन चाहनेले मेवाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् ।सिटीका जापानमा टेकियो सिन्जुकु–कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जी रेमिटका कोरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा शाखाहरू रहेका छन् ।

सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिट्यान्स भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिट्यान्स भित्र्याउन थालेको जानकारी दिए । ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेको अवस्थामा मोवाइलबाटै खल्तीमा रेमिट्यान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको छ ।’ उले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि मोवाइल वालेटमै रेमिटान्स भित्र्याउन ब्यवस्था गर्न लागेका छौं ।’

खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज भएको बताउँछन् । ‘मोवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाध्यता थियो’ उनले भने ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार